images
images
  • यूएईमा घाइते भएकामध्ये ६ नेपाली डिस्चार्ज, गम्भीर रहेका एकको अवस्था खतरामुक्त

    काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते भएका नेपालीहरूको अवस्थाबारे पछिल्लो जानकारी सार्वजनिक गरेको छ ।

    दूतावासले शनिबार विज्ञप्ति जारी गर्दै घाइते नेपालीको अवस्थाबारे जानकारी दिएको हो ।

    शुक्रबार अबु धाबीको अबजान क्षेत्रमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा सात जना नेपाली नागरिक घाइते भएका थिए ।

    तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको थियो ।

    राजदूतावासले दिएको पछिल्लो जानकारी अनुसार तीमध्ये छ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

    गम्भीर घाइते भनिएका एक जनाको भने अहिले अस्पतालमा उपचार भइरहेको छ ।

    अस्पतालमा उपचाररत उनको अवस्था अहिले खतरामुक्त रहेको दूतावासले जनाएको छ ।

    दूतावासका अनुसार अस्पतालमा उपचाररत घाइतेले टेलिफोनमार्फत आफू छिट्टै डिस्चार्ज हुने सम्भावना रहेको जानकारी दिएका छन् ।

    दूतावासले घाइतेलाई सहयोग र समन्वयका लागि निरन्तर काम गरिरहेको स्पष्ट पारेको छ ।

    पश्चिम एशियामा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले सबै नेपाली नागरिकलाई यूएई सरकारले जारी गरेको सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ ।

    साथै आधिकारिक स्रोतबाट आएका सूचनालाई मात्र विश्वास गर्न र सचेत रहन दूतावासले आग्रह गरेको छ ।

    UAE rajdootawas 1 1086x1536 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images