images
images
  • तीनवटा सवारी साधन एक आपसमा ठोक्किँयो, १५ जना घाइते

    काठमाडौं- चितवनको भरतपुर महानगरपालिका-१ आँपटारी चोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु१च ८५५२ नम्बरको गाडी एकापसमा ठक्कर खाँदा पछाडिबाट आउँदै गरेको बा प्र. ०३-००१ ह २५४८ नम्बरको अटोसमेत गाडीको पछाडि ठोक्किएको थियो।

    दुर्घटनामा बसमा सवार १५ जना र अटोचालक घाइते भएका छन्।

    उनीहरुमध्ये सात जनाको भरतपुर अस्पतालमा, ४ जनाको चितवन मेडिकल कलेजमा र चार जनाको नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images