images
images
  • न्याय परिषदमा २ सय २३ उजुरी, हरेक हप्ता बैठक बसेर छानबिन अघि बढाइने

    काठमाडौं- न्याय परिषद्को बैठक अब हरेक हप्ता बस्ने भएको छ ।

    कायम मुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधानको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आगामी दिनमा नियमित बैठक बसेर न्यायाधीशविरुद्ध परेका उजुरीउपरको छानबिनलाई छिटो फछ्र्यौट गर्ने निर्णय गरेको छ ।

    आयोगका एक सदस्यका अनुसार यसअघि परेका कतिपय उजुरीमा विस्तृत विवरण बुझ्ने निर्णय शुक्रबारको बैठकले गरेको छ ।

    विभिन्न न्यायाधीशविरुद्ध परेका उजुरीमा कतिपय विषय अस्पष्ट रहेकाले त्यसमा थप प्रमाण बुझेर अर्को बैठकबाट विस्तृत अनुसन्धानका लागि समिति बनाउने निर्णय भएको हो ।

    न्याय परिषद्मा न्यायाधीशविरुद्धका दुई २३ उजुरी छन् । न्यायपरिषद्को निष्क्रियताले न्याय क्षेत्रमा विकृती बढेको आरोप लाग्दै आएको छ ।

    शुक्रबारको बैठकले कमजोर प्रमाण रहेका केही उजुरी तामेलीमा पनि राखेको छ ।

    परिषद्का सचिव जितेन्द्रबाबु थपलियाले शुक्रबारको बैठकबाट उजुरी उपरको छानबिनलाई तिव्रता दिने निर्णय भएको छ ।

    ‘आजको बैठकमा नयाँ सदस्यज्यूहरुको स्वागत भयो,’ उनले भने, ‘साथै सम्माननीय कामु प्रधान्यायाधीशज्यूले हरेक हप्ता परिषद्को बैठक बसेर उजुरी फछ्र्यौट गर्ने विषयमा जोड दिनुभएको छ ।’

    न्याय परिषद्मा कानुनमन्त्री सोविता गौतम र वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी थपिएका छन् ।

    उनीहरुको बैठकमा स्वागत गरिएको थियो ।

    वरिष्ठ अधिवक्ताहरु महेशकुमार नेपाल तथा दामोदर खड्का सदस्य पनि आयोगको सदस्य छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images