images
images
  • एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई

    काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई औपचारिक रुपमा बधाई दिएको छ ।

    शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले बालेनलाई औपचारिक बधाई दिने निर्णय गरेको हो ।

    ‘भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको छ,’ पार्टीको निर्णयमा भनिएको छ ।

    यसअघि संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका थिए ।

    उनको अभिव्यक्तिबारे पार्टी भित्र र बाहिरबाट आलोचना भएको थियो ।

    उनले सम्बोधनको क्रममा नेपाली सेना, कर्मचारीतन्त्र र गैरसरकारी संस्थाका कारण रास्वपा पहिलो दल बनेको आरोप लगाएका थिए ।

    उक्त विषयमा पनि एमालेले लामो छलफल गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images