images
images
  • कांग्रेसले मंगलबार दलको नेता छान्ने

    काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि आगामी मंगलबार निर्वाचन गर्ने भएको छ।

    शुक्रबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले दलको नेताका लागि मंगलबार चुनाव गराउने निर्णय लिएको हो ।

    दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निष्कल राई र भरतबहादुर खड्कासहितले दाबी गरेका छन् ।

    बिहीबार बसेको संसद्को पहिलो बैठकमा भने दलको तर्फबाट सांसद भीष्मराज आङदेम्बेले बोलेका थिए ।

    कांग्रेसमा दुई समूहको किचलोका कारण संसद् बसिसक्दा पनि दलको नेता चयन हुन सकेको छैन ।

    संसद्का अन्य सबै दलले नेता चुनिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images