images
images
  • नवनिर्वाचित सभामुख डीपी अर्यालको शपथ आइतबार हुने

    काठमाडौं- प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पद तथा गोपनीयताको शपथ आइतबार (चैत २२) लिने भएका छन् ।

    राष्ट्रपति कार्यालय शीतल निवासबाट प्राप्त जानकारीअनुसार सभामुख अर्यालको शपथ आइतबार दिउँसो साढे २ बजेका लागि तय भएको छ ।

    सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ ।

    उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताका शपथ खुवाउनेछन् ।

    यसअघि शुक्रबार भएको सभामुख पदको मनोनयन दर्ताका क्रममा अर्यालको एकल उम्मेदवारी परेको थियो ।

    सोही कारण उनी निर्विरोध निर्वाचित भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images