काठमाडौं- नेकपा एमालेको आकस्मिक सचिवालय बैठक झन्डै ४ घण्टादेखि जारी रहेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादलले संसदमा बिहीबार दिएको अभिव्यक्तिबारे मुख्य रूपमा छलफल भइरहेको बताइएको छ ।
बैठक दिउँसो १ बजे सुरु भएको हो ।
उपाध्यक्ष तथा संसदीय दलका नेता थापाले प्रतिनिधि सभाको बिहीबार बसेको पहिलो बैठकमा फागुन २१ को निर्वाचनमा सेना, कर्मचारीसहित देशी विदेशी सङ्घ-संस्थाले समेत रास्वपालाई विजयी गराउन निर्णायक भूमिका खेलेको तथ्यहरूले देखाएको बताएका थिए ।
बादलको उक्त अभिव्यक्तिप्रति पार्टीकै नेता कार्यकर्ताहरूले चर्को विरोध गरेका थिए ।
त्यसबारेमा सचिवालयमा छलफल हुने अर्का उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालमार्फत जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्























