images
images
  • बादलको सम्बोधनले एमालेमा रडाको, बस्यो बैठक

    काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

    अहिले दिउँसो पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक सुरु भएको हो ।

    यसअघि बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलको नेता समेत रहेका बादलले दिएको अभिव्यक्तिको एमालेभित्र चर्को आलोचना सुरु भएको छ ।

    सचिवालयकै कतिपय नेताले बादलको अभिव्यक्तिको आलोचना गरिरहेका छन् ।

    अर्का उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्तिमा असन्तुष्टि जनाउँदै हिजो नै आज सचिवालय बैठक बस्ने र बैठकमा बादलले दिएको अभिव्यक्तिमाथि छलफल हुने बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images