काठमाडौं- नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले २ दिन म्याद थप गरिदिएको छ ।
यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पनि अनुसन्धानका लागि थप दुई दिन म्याद दिएको छ ।
न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रको इजलासले थप २ दिन म्याद थपको आदेश गरेको हो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सिफारिस गरेको थियो ।
जाँचबुझ आयोगको प्रतिनिधिको आधारमा वर्तमान सरकारले उनीहरुलाई चैत १४ गते पक्राउ गरेको थियो ।
अस्वस्थ रहेका ओलीलाई पक्राउपछि त्रिवि शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्























