images
images
  • फेक रेस्क्यु प्रकरण : १० जनालाई धरौटीमा छाड्न आदेश, कोसँग कति माग्यो धरौटी ?

    काठमाडौं- पर्वतारोहण र ट्रेकिङ्ग क्षेत्रमा पर्यटकको फेक रेस्क्यु गरेर अवैध बिमा रकम दाबी गरेको आरोपमा पक्राउ परेका १० जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेलले प्रतिवादीहरूलाई धरौटीमा छाड्न आदेश गरेका हुन् ।

    अदालतले एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रा.लिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसीसँग जनही ३० लाख धरौटी मागेको छ ।

    माउन्टेन रेस्क्यु सर्भिस प्रा.लिका सञ्चालक जयराम रिमाल र नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारीसँग पनि जनही ३० लाख धरौटी माग गरिएको छ ।

    श्रीद्धी इन्टरनेशनल अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिनालाई ५ लाख, माउन्टेन रेस्क्यु सर्भिस प्रा.लिका म्यानेजर विबेक पाण्डेसँग ५ लाख र पानोरमा हिमालय ट्रेकिङ्ग एण्ड एक्स्पीडिसन प्रालिका सञ्चालक पासाङ शेर्पालाई ५ लाख धरौटीमा रिहा गर्न आदालतले आदेश गरेको छ ।

    रोयल होलिडेज एडभेन्चर एण्ड ट्राभल कम्पनीका संचालक सन्दीप तिवारी र सन्तोष भन्ने खोमराज अधिकारीलाई पनि जनही ५ लाखमा छाड्न आदेश गरेको छ ।

    नेपाल चार्टर्ड सर्भिसका अपरेशन म्यानेजर विवेक राज थपलियालाई १ लाख धरौटीमा छाड्न आदेश गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images