images
images
  • रास्वपाबाट डीपी अर्याल सभामुखको उम्मेदवार

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीको तर्फबाट अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गरेका थिए ।

    लगत्तै बैठकले सर्वसम्मत अनुमोदन गरेको झाले बताए ।

    सभामुखको निर्वाचन चैत २२ गते हुनेछ । रास्वपाको बहुमत भएकाले उनी सभामुख बन्ने निश्चित छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images