images
images
  • इन्धनको मूल्य बढ्दा मुद्रास्फीति उकालो लाग्न सुरु

    काठमाडौं- मुद्रास्फीति उकालो लाग्न सुरु भएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत छ ।

    जुन अघिल्लो आर्थिक वर्षकै हाराहारी हो ।

    यसअघि कात्तिक/मंसिरमा मुद्रास्फीति तल्लो बिन्दुमा थियो ।

    यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत छ ।

    गैरखाद्य तथा सेवा समूहको ६.३३ प्रतिशत छ ।

    अघिल्लो वर्ष यी समूहको मुद्रास्फीति क्रमश: ३.३४ र ३.९७ प्रतिशत थियो ।

    गत ८ महिनाको औसत मुद्रास्फीति २.१३ प्रतिशत छ ।

    अघिल्लो आवमा यस्तो औसत मुद्रास्फीति ४.७२ प्रतिशत थियो ।

    यस अवधिमा तरकारीको ११.४९ प्रतिशत, घिउ तथा तेल ९.८६ र फलफूलको ९.६३ प्रतिशत बढेको छ ।

    त्यस्तै दाल तथा गेडागुडीको ३.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.१८ र मरमसलाको २.०३ प्रतिशत गिरावट आएको छ ।

    गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २२.८१ प्रतिशत, शिक्षा ७.४६, मदिराजन्य पेय पदार्थ ७७, कपडाजन्य तथा जुत्ताचप्पल ४.७३ र सुर्तीजन्य पदार्थको ३.५७ प्रतिशत बढेको छ ।

    तर, बीमा तथा वित्तीय सेवाको ०.०३ प्रतिशत घटेको छ ।

    ग्रामीण भेगको ३.०६ र सहरी भेगको ३.८२ प्रतिशतले मुद्रास्फीति बढेको छ ।

    प्रदेशगत हेर्दा कोशीको ३.९६, मधेस ४.९५, बागमती ३.३१, गण्डकी २.८७, लुम्बिनी ४.२१, कर्णाली २.२१ र सुदूरपश्चिमको २.२५ प्रतिशत छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images