images
images
  • पूर्वप्रधानमन्त्री देउवा निवास बिक्री भएको हो ?

    काठमाडौं– शेरबहादुर देउवाको सचिवालयले बूढानीलकण्ठस्थित घर बिक्री नभएको स्पष्ट पारेको छ ।

    घर बिक्री भएको हल्ला फैलिएपछि सचिवालयले यस्तो कुनै प्रक्रिया नभएको र बेच्ने योजना पनि नरहेको जनाएको हो ।

    केही सञ्चारमाध्यममा भ्रामक सूचना आएको भन्दै घर बिक्रीमा नराखिएको स्पष्ट गरिएको छ ।

    जेनजी आन्दोलनका क्रममा क्षति पुगेको उक्त घर ऐतिहासिक महत्वका कारण नबेचिने बताइएको छ ।

    सचिवालयका अनुसार उक्त जग्गा डा। आरजु राणालाई माइती पक्षबाट २०५० सालमा खरिद गरिदिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images