images
images
  • शेयर बजारमा लगानीका अबसरहरु धेरै, पाँच कम्पनी हकप्रद शेयर निष्कासन गर्दै ! कुनले कति ?

    काठमाडौं । पछिल्लो समय विभिन्न कम्पनीहरुले धमाधम हकप्रद शेयर निष्कासन गरिरहेका छन् । तोकिएको समयमा चुक्ता पूँजी पुर्‍याउनका लागि विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।

    पाँच कम्पनी नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।

    यतिबेला शिखर इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावर कम्पनी हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।

    शिखर इन्स्योरेन्स लिमिटेड सय रुपैयाँ अंकित दरको ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो ।

    यस्तै, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १ बराबर १ ९१ः१० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न गत असार ४ गते सेबोनमा निवेदन पेश गरेको हो ।

    कम्पनीले सय रुपैयाँ अंकित दरको १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images