काठमाडौं– बेइजिङमा नेपालले ७० वर्षपछि पहिलोपटक महिला कूटनीतिज्ञको नेतृत्व पाएको छ। चीनस्थित नेपाली दूतावासमा रोशन खनाल कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिरहेकी छिन्।
पाल्पाबाट सुरु भएको उनको यात्रा निजी बैंक हुँदै २०६७ सालमा परराष्ट्र सेवामा प्रवेशसँगै कूटनीतिक क्षेत्रमा मोडियो। इजरायलमा युद्धकालीन अवस्था र बेलायतमा गोर्खा मुद्दा तथा एनआरएन विभाजनजस्ता जटिल परिस्थितिमा काम गर्दै उनले अनुभव सँगालेकी छन्।
दुईपटक बेलायतमा कार्यवाहक राजदूत भइसकेकी खनाल अहिले चीनमा नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन सक्रिय छिन्। उनी भन्छिन्—चीनसँग अवसर धेरै भए पनि नेपालले स्पष्ट रणनीति र तयारीसहित अघि बढ्न आवश्यक छ।
उनको यात्रा केवल व्यक्तिगत सफलता मात्र नभई नेपालको कूटनीतिक क्षेत्रमा महिलाको बढ्दो उपस्थिति र सम्भावनाको संकेत पनि हो।
प्रतिक्रिया दिनुहोस्























