images
images
  • सुकुम्बासी व्यवस्थापनमा समन्वय गर्न कांग्रेसले बनायो समिति

    काठमाडौं– नेपाली कांग्रेसले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारको व्यवस्थापन, समन्वय र सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरेको छ । शुक्रबार सभापति गगन थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापालाई सदस्य तोकेको हो ।

    कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । साथै विस्थापित परिवारको सुरक्षित र सम्मानजनक पुनर्वासको व्यवस्था गर्न आग्रह गरेको छ ।

    सरकारले घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिए पनि महिनौँसम्म परिवारलाई अनिश्चिततामा राखेको कांग्रेसको ठहर छ । अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोज्नु संविधानप्रदत्त आवासको हक र सामाजिक न्यायको मर्मविपरीत रहेको पार्टीले जनाएको छ ।

    यसैगरी कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानले पाउन बाँकी भुक्तानी अविलम्ब उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउनुपर्ने कांग्रेसको माग छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images