images
images
  • बालिकालाई दुर्व्यवहार गर्ने जिप चालक परे पक्राउ

    काठमाडौं- स्याङ्जामा यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा एकजना जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ ज ७०६६ नम्बरको जिप चालककले १६ वर्षीया बालिकालाई दुर्व्यवहार (अनुचित स्पर्श) तथा अस्वाभाविक व्यवहार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    चालक ४९ वर्षीय अनबहादुर गुरुङलाई वालिङ नगरपालिका–१ रामबाच्छाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    गुरुङ स्याङ्जाकै बिरुवा गाउँपालिका-७ का हुन् ।

    घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार सात दिनको म्याद थप अनुमति लिएर चालकमाथि बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images