images
images
  • श्रमिकबाट अभिमुखीकरण शुल्क ७ सयभन्दा बढी लिए इजाजत पत्र स्वतः खारेज गरिने

    काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले रोजगारीका लागि विदेश जाने श्रमिकका लागि दिइने अभिमुखीकरण तालिम शुल्क नबढेको स्पष्ट पारेको छ ।

    विभागले एक सूचना जारी गर्दै अभिमुखीकरण तालिमका लागि प्रति प्रशिक्षार्थी शुल्क ७ सय रूपैयाँ नै रहेको प्रष्ट पारेको हो ।

    पछिल्लो समय अभिमुखीकरण प्रदायक संस्थाहरूले २ हजार १ सय रूपैयाँ लिने गरेका छन् ।

    ७ सय भन्दा बढी शुल्क नबढेको प्रष्ट पार्दै विभागले त्यो भन्दा बढी लिएको भए उजुरी गर्न अनुरोध गरेको छ ।

    अभिमुखीकरण तालिम अनिवार्य रूपमा दुई दिन सञ्चालन हुने र सो अवधिभरको कुल शुल्क ७०० रुपैयाँ नै हुने विभागले प्रष्ट पारेको छ ।

    केही तालिम प्रदायक संस्थाले निर्धारित शुल्कभन्दा बढी रकम लिएको गुनासो आएको भन्दै विभागले त्यस्तो नगर्न सचेत गराएको छ ।

    कुनै संस्थाले ७०० रुपैयाँभन्दा बढी शुल्क लिएको प्रमाण भेटिएमा वैदेशिक रोजगार ऐन, २०६४ तथा नियमावली बमोजिम त्यस्ता संस्थाको इजाजत पत्र स्वतः खारेज गरिने विभागले चेतावनी दिएको छ ।

    rojgar Avimukhikiran

    प्रतिक्रिया दिनुहोस्
    images
    images