images
images
  • पीडितको चरित्र हत्या गरेको आरोपमा रेस्लर भगवती खड्का पक्राउ

    काठमाडौं- पीडित महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले रेस्लर भगवती खड्कालाई पक्राउ गरेको छ ।

    रामेछापको मन्थली नगरपालिका–१२ घर भएर शान्तिनगर बस्ने खड्कालाई काठमाडौंबाट पक्राउ गरिएको साइबर ब्यूरोका एसपी दिलीप कुमार गिरीले बताए ।

    खड्काले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लील कमेन्ट गरेर सार्वजनिक बेइज्जत गरेको आरोप छ ।

    मंगलबार पक्राउ गरेर उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान थालिएको एसपी गिरीले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images