images
images
  • देउवा-कोइराला समूहको बैठक भोलि पनि हुने

    काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बुधबार (भोलि) पनि जारी रहने भएको छ ।

    नेताहरूले धारणा राख्ने क्रम नसकिएकाले भोलि पनि बैठक जारी राख्नेगरी आजका लागि सकिएको नेतृ लक्ष्मी खतिवडाले जानकारी दिइन् ।

    ‘आज नेताहरूले धारणा राख्ने क्रम सकिएन । त्यसैले भोलि पनि बैठक बस्नेगरी आजका लागि सकिएको छ । भोलि १ बजे बैठक पुनः बस्नेछ,’ खतिवडाले भनिन् ।

    बैठक निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो ।

    बैठकमा खड्काले आफूहरूसँग १४औँ महाधिवेशनबाट निर्वाचित ११३ जना पदाधिकारीसहितका सदस्य रहेको बताएका थिए ।

    आज भने ७० बढी पदाधिकारीसहितका केन्द्रीय सदस्य बैठकमा सहभागी थिए ।

    बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक राजनीति निर्वाचनको समीक्षालगायतमा छलफल भएको नेता बद्री पाण्डेले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images