images
images
  • २०४८ सालयताका पूर्वप्रधानमन्त्रीदेखि प्रशासकसम्म सोझियो अनुसन्धानको सुइँ

    काठमाडौं– २०४८ सालयताका सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने सरकारको तयारीले व्यापक राजनीतिक र प्रशासनिक वृत्तमा हलचल ल्याएको छ ।

    भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनलाई लक्ष्य राख्दै करिब १० हजार व्यक्तिको सम्पत्ति जाँच गर्ने योजना अघि बढाइएको हो ।

    सरकारले १५ दिनभित्र अधिकार सम्पन्न समिति गठन गरी छानबिनलाई दुई चरणमा अघि बढाउने तयारी गरेको छ, पहिलो चरणमा २०६२/६३ पछिका र दोस्रो चरणमा २०४८ देखि २०६१र६२ सम्मका पदाधिकारीहरू समेटिनेछन् ।

    अनुसन्धानको दायरामा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल लगायतका शीर्ष नेता, पूर्वमन्त्रीहरू र उच्चपदस्थ कर्मचारी पर्ने प्रारम्भिक संकेत छ ।

    वाइडबडी विमान, ललिता निवास, नक्कली भुटानी शरणार्थी, सुन तस्करी, सेक्युरिटी प्रेस जस्ता चर्चित घोटालाहरूमा पनि पुनः अनुसन्धान गर्ने तयारी गरिएको छ ।

    यो कदमलाई देशकै सबैभन्दा ठूलो भ्रष्टाचार अनुसन्धान प्रयासका रूपमा हेरिएको छ, जसले राज्यप्रति जनविश्वास बढाउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images