काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशगत सांसदहरूसँगको छलफललाई निरन्तरता दिँदै मंगलबार सुदूरपश्चिमका सांसदहरूसँग संवाद गरे ।
छलफलका क्रममा केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमाले सांसदहरूले प्रश्न उठाए पनि प्रधानमन्त्री शाहले यस विषयमा कुनै प्रतिक्रिया दिएनन् ।
यद्यपि, कर्मचारीतन्त्र सुधारको विषयमा भने उनले कांग्रेस–एमालेलाई नै समस्याको जड भन्दै त्यहीँबाट सुधार सुरु गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्























