काठमाडौं– नेकपा निकट जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछपछि रिहा गरेको छ ।
मंगलबार बिहान अनामनगरबाट सादा पोसाकमा आएका प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए ।
तिमल्सिनालाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखी सोधपुछ गरिएको थियो ।
सरकारको आलोचना गरेको भिडियोका कारण आफू पक्राउ परेको उनको दाबी छ ।
उनका अनुसार प्रहरीले भविष्यमा सरकारविरुद्ध भिडियो नबनाउन चेतावनी दिँदै लिखित कागज गराएको छ ।
घटनापछि सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता माथि हस्तक्षेप भएको भन्दै आलोचना भइरहेको छ भने प्रहरीले औपचारिक प्रतिक्रिया दिएको छैन ।
प्रतिक्रिया दिनुहोस्























