काठमाडौं– नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा देशव्यापी आन्दोलन घोषणा गरेको छ ।
मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले चैत २४ गतेदेखि विभिन्न तहमा प्रदर्शन सुरु गरिने जानकारी दिए ।
कार्यक्रमअनुसार चैत २४ मा जिल्ला भेला, वैशाख ३ मा वडा भेला, ७ मा प्रदेशस्तरीय प्रदर्शन र वैशाख १२ मा काठमाडौं केन्द्रित ठूलो विरोध सभा आयोजना गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्























