images
images
  • यी हुन् देउवा–कोइराला पक्षको बैठकमा सहभागी नेताहरू

    काठमाडौं– पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरू धुम्बाराहीस्थित होटल स्मार्टमा भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा भेला भएका छन् ।

    पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक बोलाएका हुन् ।

    करिब ६० जना नेताहरू सहभागी भएका बैठकमा खड्का, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, बद्री पाण्डे, जीवन परियार, मोहन बस्नेत, महेन्द्रा सुब्बा, सरस्वती बजिमया, कल्याणी रिजाल, मानबहादुर विश्वकर्मा, शारदा पौडेल, पुष्प पराजुली, अर्जुन जंगबहादुर सिंह, आशा विकलगायतका नेता सहभागी थिए ।

    यसका साथै, सुदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर र कर्णाली प्रदेश सभापति ललितजंग शाही पनि बैठकमा उपस्थित थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images