काठमाडौं– नेकपा (एमाले)को सचिवालय बैठक अहिले पार्टी कार्यालय च्यासलमा बसिरहेको छ, जहाँ अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको विरोधमा नयाँ कार्यक्रम तय हुने छ ।
ओलीलाई जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा गत शनिबार प्रहरीले पक्राउ गरेको थियो ।
एमालेले उनको गिरफ्तारी राजनीतिक प्रतिशोध भएको भन्दै विरोध जारी राखेको छ ।
जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अनुमति दिएको थियो ।
अदालतमा स्वास्थ्य समस्या देखिएका ओली त्रिवि अस्पतालबाट भिडिओ कन्फ्रेन्समार्फत बहसमा सहभागी भएका थिए ।
ओलीलाई चैत १४ गते भक्तपुरको गुन्डुस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो ।
सोही अभियोगमा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ र उनी महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्























