images
images
  • ओली–लेखकमाथि शहीद परिवारको जोहेरीका आधारमा अनुसन्धान

    काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले बुधबार बयानका लागि जिल्ला प्रहरी परिसरमा बोलाउने तयारी गरेको छ ।

    उनीहरूलाई पहिलोपटक हिरासतमा राख्न जिल्ला अदालतले ५ दिनको म्याद दिएको थियो, जुन पर्याप्त नहुने भएपछि पुनः म्याद थपिने भएको छ ।

    जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनअनुसार शनिबार उनीहरू पक्राउ परेका थिए ।

    प्रतिवेदनले ज्यान मुद्दामा कारबाही सिफारिस गरेको छ, जसमा ३–१० वर्षको सजायको व्यवस्था छ ।

    हिरासत म्याद थप्नुको आधार रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडाको जाहेरी रहेको छ ।

    रसिककी आमा रचना खतिवडा हाल रास्वपाबाट समानुपातिक सांसद हुन् ।

    ओली स्वास्थ्य उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा र लेखक नेपाल प्रहरी नम्बर २ गण सामाखुशीमा छन् ।

    अनुसन्धान र अभियोजन जिल्ला प्रहरी परिसर, भद्रकालीले गर्दै आएको छ ।

    एसपी पवनकुमार भट्टराईका अनुसार, ओलीको स्वास्थ्य अवस्थाका कारण बुधबार बयान नहुन सक्ने सम्भावना छ ।

    अर्को दिन लिन सकिनेछ ।

    म्याद थपका लागि अदालतमा फेरि निवेदन दिइने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images