काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेश केन्द्रित नेताहरूसँग संवाद सुरु गरेका छन् ।
मंगलबार उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहसँग भेटघाट गरे ।
भेटमा समग्र विकास, मधेशको प्राथमिकता, र सहकार्यमार्फत अघि बढ्ने योजनाबारे चर्चा भएको छ ।
लोसपाका अध्यक्ष ठाकुरले बूढानीलकण्ठमा सभापति लामिछानेलाई भेटेका थिए भने आजपा अध्यक्ष साहसँग करिब २० मिनेट भेट भयो ।
साहका अनुसार मुख्य रूपमा मधेश र कर्णालीको विकासलाई प्राथमिकता दिने विषयमा छलफल भयो ।
त्यसैगरी, गत भदौ २३–२४ को आन्दोलन र आगामी राजनीतिक कदमबारे पनि विचार साटासाट भएको छ ।
लामिछानेले सरकार सबैको लागि रहेको र विकास र समृद्धिका लागि काम गर्ने बताए ।
जवाफमा साहले भने, ‘सरकारले राम्रो काम गरे समर्थन रहनेछ, नराम्रो भए चेतावनी दिनेछौं ।’























