काठमाडौं– उच्च अदालत पाटनका न्यायाधीशहरू ऋषि राजभण्डारी र गोपालप्रसाद बास्तोलाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी रिट दर्ता भएको छ ।
कानुनका विद्यार्थी विवेक चौधरीले दायर गरेको उक्त रिटमा उच्च अदालतले सर्वोच्चबाट स्थापित बाध्यकारी कानुनी सिद्धान्त पालना नगरी निर्णय गरेको आरोप लगाइएको छ ।
रिटको सुनुवाइ बुधबारका लागि तोकिएको छ ।
‘ह्विल लक’ सम्बन्धी मुद्दामा उच्च अदालतले ट्राफिक व्यवस्थापनको आधारमा त्यसलाई अवैध नठहर्याउँदै रिट खारेज गरेपछि चौधरी सर्वोच्च पुगेका हुन् ।
उनले संविधानको धारा १२८(४) अनुसार सर्वोच्चका सिद्धान्त अनिवार्य रूपमा पालना गर्नुपर्ने भए पनि त्यसको बेवास्ता गरिएको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























