images
images
  • दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

    दार्चुला– ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको हो ।

    कामको सिलसिलामा उनीहरू काडापारीबाट ओसिलतर्फ जानुभएको जनाइएको छ ।

    दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

    उनीहरूको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images