images
images
  • गृहमन्त्रीको ठूला माछामाथि अर्जुनदृष्टि, अब पालो कसको ?

    काठमाडौं– काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् ।

    उनलाई मंगलबार बिहान काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले सुविधानगरस्थित निवासबाट नियन्त्रणमा लिएको हो ।

    प्रहरीका अनुसार रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाउने तयारी भइरहेको छ ।

    अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान अघि बढाइनेछ ।

    रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ‘हेलचेर्क्याइँ गरी ज्यान मारेको’ अभियोग लागेको छ ।

    सोही घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोग ले उनलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो ।

    यसअघि सोही प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परिसकेका छन् ।

    उनीहरूको पक्राउपछि राजनीतिक वृत्तमा विवाद र विरोध चर्किएको छ ।

    सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै कदम चालेको भए पनि विधि र प्रक्रियाबिना हतारमा पक्राउ गरिएको आरोप लागिरहेको छ ।

    विपक्षी दलहरूले यसलाई राजनीतिक प्रतिशोध भन्दै विरोध जनाएका छन् ।

    अझै अन्य शीर्षस्थ नेता–कर्मचारी पक्राउ पर्न सक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images