काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार६४२ जना र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार २५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७५१ जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७४३ जना पुगेको छ ।
यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार ३३२ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ५८२ पुगेको छ ।
हालसम्म संक्रमित निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३३०, सुनसरीमा १८४, कास्कीमा १६०, झापामा १२ ९ र मोरङमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भक्तपुरमा ८८, चितवनमा ७२, ललितपुरमा ५६, मकवानपुरमा ५३, नवलपरासी पुर्वमा ५१, धादिङमा ४४, रुपन्देहीमा ३६, नुवाकोटमा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
कैलालीमा २८, गोरखामा २५, दोलखामा २१, धनुषामा १७, ओखलढुंगामा १५, कञ्चनपुरमा १३, गुल्मीमा १२, धनकुटा, स्याङजा र दाङमा ११र११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ४२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


विश्व खबर 




















