images
images
  • दलका सांसदहरूको संवादमा प्रधानमन्त्री बालेन

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीहरूसँगको दुईदिने छलफलपछि आज बिहान १० बजेबाटै सांसदहरूसँग प्रदेशगत छलफल सुरु गरेका छन् ।

    सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका सांसदसँग भएको छलफलमा नीति, कार्यक्रम र बजेटमा समेटिने विषयमा अनौपचारिक रूपमा विचार–विमर्श भइरहेको छ ।

    प्रधानमन्त्री मातहत कार्यालयहरूसँगको बिफ्रिङपछि सुशासनका १०० कार्यसूचीको कार्यान्वयन र बजेट निर्माणमा केन्द्रित तयारीमा छन् ।

    १३ चैतमा प्रधानमन्त्री नियुक्त भएपछि उनले जेनजी आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेका थिए ।

    जसअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वमन्त्री दीपक खड्का र एमालेकी पूर्व प्रदेश सांसद रेखा शर्मा पक्राउ परेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images