काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएका छन् ।
विशेष महाधिवेशनको विपक्षमा रहेका जिल्ला सभापतिहरूलाई लक्षित गर्दै १९ चैतमा भेला आयोजना गरिने तय भएको स्रोतले जनाएको छ ।
त्यसैगरी, खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएका छन्, जुन धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा मंगलबार बिहान ११ बजेदेखि सुरु हुनेछ र दुई दिनसम्म चल्नेछ ।
बैठकमा विशेष महाधिवेशनमा सहभागी नभएका प्रदेश सभापतिहरूलाई समेत बोलाइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















