images
images
  • जेनजी शहीदका परिवारलाई विद्युत् प्राधिकरण जागिर, सम्पर्कमा आउन आग्रह

    काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा शहीद भएका परिवारका सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ ।

    प्राधिकरणले शहीद परिवारलाई सम्पर्क गर्न ३५ दिनभित्र केन्द्रीय कर्मचारी प्रशासन शाखामा निस्सा प्रमाणसहित सम्पर्क गर्न आग्रह गरेको छ ।

    सूचनामा उल्लेख छ कि कतिपय निवेदकले शहीदसँगको नाता प्रमाणित नगरेका वा कागजात अपूर्ण दिएका छन् ।

    आवश्यक प्रमाण पेश नगरेको खण्डमा रोजगारीको सुविधा नपाइने जनाइएको छ ।

    यस सूचनामा गोरखा, सुनसरी, सप्तरी, चितवन, कैलाली, झापा, बाजुरा, उदयपुर, काठमाडौं लगायतका जिल्लाबाट प्राप्त आवेदनकर्ताको नामावली समेत प्रकाशित गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images