काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
नयाँ मन्त्रिपरिषद्मा सबैभन्दा धेरै प्रतिनिधित्व बागमती प्रदेशबाट भएको छ ।
बागमती प्रदेशबाट शिशिर खनाल परराष्ट्रमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, सम्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री, डा. विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री र सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका छन्।
खनाल काठमाडौं–६, श्रेष्ठ काठमाडौं–८, पोखरेल काठमाडौं–५, तिमिल्सिना नुवाकोट–१ र गौतम चितवन–३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
गण्डकी प्रदेशबाट तीन जना मन्त्री बनेका छन् ।
स्वर्णिम वाग्ले अर्थमन्त्री, सुदन गुरुङ गृहमन्त्री र गनेश पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।
वाग्ले तनहुँ–१, गुरुङ गोरखा–१ र पौडेल कास्की–१ बाट निर्वाचित भएका थिए ।
लुम्बिनी प्रदेशबाट रुपन्देही–१ का सांसद सुनिल लम्साल भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री बनेका छन् ।
कर्णाली प्रदेशबाट सीता बादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएकी छन्, जो समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन् ।
सुदूरपश्चिम प्रदेशबाट दुई मन्त्री समेटिएका छन् ।
कञ्चनपुरका समानुपातिक सांसद गीता चौधरी कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री बनेकी छन् भने प्रतिभा रावल भूमि व्यवस्था, सहकारी तथा वन तथा वातावरणमन्त्री बनेकी छन् ।
कोशी प्रदेशबाट सुनसरीकी निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानीमन्त्री बनेकी छन् भने मधेस प्रदेशबाट महोत्तरी–२ का दीपककुमार शाह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् ।























