काठमाडौं– जेनजी आन्दोलनपछि गठन भएको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पदमा रहँदा र पदबाट बाहिरिँदा अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण नखुलाइकनै बिदा भएको छ ।
प्रधानमन्त्री कार्की स्वयंले रक्षा, सञ्चार तथा सूचना प्रविधि, शिक्षा लगायतका मन्त्रालय सम्हालेकी थिइन् भने उनका मन्त्रीहरू अर्थमन्त्री रामेश्वरप्रसाद खनालदेखि परराष्ट्रमन्त्री बालानन्द शर्मासम्म कसैले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेनन् ।
कानुनअनुसार सार्वजनिक पदमा बहाल हुने र पदबाट बाहिरिने दुवै अवस्थामा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था भए पनि उक्त सरकारले पारदर्शिताको यो आधारभूत दायित्व पूरा गर्न सकेन ।
सुशासनको मागसहित भएको आन्दोलनपछि बनेको सरकारबाट नै यस्तो कमजोरी देखिएपछि पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ ।
प्रतिक्रिया दिनुहोस्























