images
images
  • ग्लोबल आइएमई बैंकलाई भिसाका दुई प्रतिष्ठित अवार्ड

    काठमाडौं – ग्लोबल आइएमई बैंक अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेसनलका दुई प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेसनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधामा अवार्ड प्राप्त गरेको हो ।

    ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै नवीन प्रविधिमा आधारित भिसाअन्तर्गतका विभिन्न बैंकिङ सेवाको विकास तथा विस्तार गरेबापत बैंकलाई सम्मानित गरिएको हो । डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई थप सेवासुविधा उपलब्ध गराउन गरेको प्रयासको कदरस्वरूप अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ ।

    आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा दिँदै आएको बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ। बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि पाएको छ ।

    त्यसैगरी, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स सन् २०२२, २०२४ र २०२५ मा प्राप्त गरेको छ । यसका साथै ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’ लगायतका पुरस्कारबाट पनि बैंक सम्मानित भइसकेको छ ।

    बैंकले हाल देशभर ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र तथा ६९ एक्सटेन्सन र राजस्व संकलन काउन्टरमार्फत सेवा दिँदै आएको छ । तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित बैंकका सेवा केन्द्रको सङ्ख्या एक हजारभन्दा बढी रहेको छ ।

    बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको छ। यसबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images