images
images
  • पाँच घण्टा लामो रवि–बालेन भेटवार्ता, के भयो कुरा ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)बीच पाँच घण्टा लामो भेटवार्ता भएको छ । लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, आगामी निर्वाचन, पार्टीको प्रशिक्षण अभियान र सरकारका कामकारबाहीबारे छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ ।

    भेटमा प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा भएका छलफल र उपलब्धिबारे लामिछानेलाई जानकारी गराएका थिए । साथै निर्वाचनको तयारी, मन्त्री तथा मन्त्रालयको कार्यसम्पादन, अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा पनि विचारविमर्श भएको बताइएको छ ।

    रास्वपाले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियानबारे समेत छलफल भएको सचिवालयले जनाएको छ । भेटवार्ता आत्मीय र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images