images
images
  • भिरबाट लडेर वडासदस्यको मृत्यु

    कैलाली– चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो ।

    उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए ।

    तर, साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो ।

    यो घटना गए रातिको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images