काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ऊर्जा संरचनामा गर्ने भनिएको सैन्य आक्रमण १० दिनका लागि स्थगित गरेका छन् ।
इरानसँग वार्ता जारी रहेकाले उनले आक्रमणको योजना केही समयका लागि पछाडि सारेका हुन् ।
यसअघि ट्रम्पले स्ट्रेट अफ हर्मुज खुला गर्न अल्टिमेटम दिएका थिए र नमाने आक्रमण गर्ने चेतावनी दिएका थिए ।
अमेरिकाले इरानसँग परमाणु कार्यक्रम रोक्ने, मिसाइल क्षमता घटाउने र क्षेत्रीय समूहलाई सहयोग बन्द गर्ने प्रस्ताव राखेको छ ।
तर, इरानले ती सर्त अस्वीकार गर्दै आफ्नै प्रतिप्रस्ताव अघि सारेको छ ।
दुवै पक्षबीच वार्ता भइरहे पनि अविश्वास अझै कायम रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















