काठमाडौं- प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गीत सार्वजनिक गरेका छन् ।
बालेनकै आधिकारिक युट्युब च्यानलमा बिहीबार साँझ रिलिज गरिएको र्याप गीतमा उनकै शब्द, संगीत र स्वर छ ।
सामाजिक सञ्जालमा भिडिओ राख्दै उनले भनेका छन्- ‘जय महाकाली सङ आउट नाउ’।
गीतले शक्ति, विद्रोह, र अन्याय विरूद्धको आवाज व्यक्त गर्न खोजेको देखिन्छ।
उनले गीतमार्फत् समाजमा भइरहेको भ्रष्टाचार, राजनीति, र बेथितिको आलोचना गरेका छन्। यस्तै युवालाई चुप नबस्न र आवाज उठाउन प्रेरित गरेका छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















