काठमाडौं– एभरेष्ट बैंकले ग्लोबल मनि वीक–२०२६ का अवसरमा वित्तीय साक्षरता प्रवर्द्धन गर्न विविध कार्यक्रमहरू सञ्चालन गरेको छ।
सातै प्रदेशका शाखाहरू मार्फत विद्यार्थी, युवाहरु, व्यवसायी र सर्वसाधारणलाई वित्तीय ज्ञान र बैंकिङ सेवाबारे जानकारी दिइएको हो।
कार्यक्रमअन्तर्गत स्मार्ट मनि टाक्स मार्फत वित्तीय योजना, बचत, लगानी, डिजिटल कारोबार र सुरक्षित वित्तीय व्यवहारसम्बन्धी छलफल गरिएको थियो।
यसमा करिब ३,००० सहभागीहरूले प्रत्यक्ष अनुभव र प्रशिक्षण पाएका छन्।
हाल बैंकसँग करिब १४ लाख ग्राहक छन् र यसले देशभर १३३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६३ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















