images
images
  • भारतीय प्रधानमन्त्री मोदीको नयाँ रकर्ड कायम

    काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखको रूपमा सबैभन्दा लामो समय शासन गर्ने नयाँ कीर्तिमान बनाएका छन् ।

    तेस्रो कार्यकालमा रहेका मोदीले अबसम्म सरकार प्रमुखका रूपमा ८,९३१ दिन पूरा गरेका छन् ।

    यसअघि यो कीर्तिमान पवन चाम्लिङको नाममा थियो, जसले ८,९३० दिन सरकार प्रमुखका रूपमा काम गरेका थिए ।

    मोदी सन् २००१ देखि निरन्तर सत्तामा छन् ।

    उनले २००१ देखि २०१४ सम्म गुजरात का मुख्यमन्त्रीका रूपमा नेतृत्व गरेका थिए भने त्यसपछि निरन्तर भारतका प्रधानमन्त्री रहँदै आएका छन् ।

    भारतीय गृहमन्त्री अमित शाहले यस उपलब्धिलाई ऐतिहासिक भन्दै सामाजिक सञ्जालमार्फत मोदीलाई बधाई दिएका छन् ।

    यसअघि चाम्लिङले सन् १९९६ देखि २०१९ सम्म सिक्किम का मुख्यमन्त्रीका रूपमा लगातार पाँच कार्यकाल पूरा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images