images
images
  • सेयर बजार बढ्यो, कारोबारमा गिरावट

    काठमाडौं– सोमबार नेप्से परिसूचक दिनभर उतारचढावमा रहे पनि अन्त्यमा ५.०१ अंक बढेर २९३६ मा पुगेको छ ।

    दिउँसो २:३४ बजे २९११ अंकमा झरेको बजार अन्त्यतिर उकालो लाग्यो ।

    कारोबार रकम भने घटेर १५ अर्ब ७८ करोड रुपैयाँमा सीमित भयो, अघिल्लो दिनको २३ अर्ब ५९ करोडको तुलनामा ।

    १०२ कम्पनीको मूल्य बढ्दा १५४ कम्पनी घटेका छन्, ८ कम्पनी स्थिर छन् ।

    उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी १.५३% बढ्दा, फाइनान्स ०.२०%, हाइड्रोपावर ०.९६%, लगानी ०.७२%, माइक्रोफाइनान्स ०.४३% बढेका छन् ।

    बैंकिङ ०.२७%, विकास बैंक ०.५०%, होटल/पर्यटन ०.८६%, जीवन बीमा ०.४८%, निर्जीवन बीमा ०.०४%, व्यापार ०.५९% घटेका छन् ।

    ६ कम्पनीको मूल्य १०% ले बढेको छ, जसमा रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, सोलु र भुजुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र होटल फरेस्ट छन् ।

    फस्र्ट माइक्रोफाइनान्स ८.९६%, आशा लघुवित्त ८.८२%, मेरो माइक्रोफाइनान्स ८.१८% ले बढेको छ ।

    सिन्धु विकास बैंक ३.२३% ले घटेको छ ।

    आज धेरै कारोबार हुने कम्पनीमा कुमारी बैंक, शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र ङादी ग्रुप छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images