images
images
  • कांग्रेस महामन्त्रीलाई हराउन ५७ नेताको चलखेल, नेकपाको उम्मेदवारबाट रकम लिएको खुलासा

    कैलाली– फागुन २१ मा भएको निर्वाचनमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाह मनुले आफूलाई हराउन कांग्रेसकै ५७ नेताले रकम लिएको आरोप लगाएका छन् ।

    शाहका अनुसार नेकपा उम्मेदवार प्रेम आलेले उनलाई उक्त ५७ जनाको सूची बुझाएका थिए ।

    यसबारे कांग्रेस कैलालीले विज्ञप्ति जारी गर्दै सत्य–तथ्य सार्वजनिक गर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ र आवश्यक परे छानबिन गरेर कारबाही गर्नुपर्ने बताएको छ ।

    जिल्ला सभापति नारायण दत्त भट्टले शाहले सार्वजनिक गरेको अभिव्यक्तिको पुष्टि गर्न भनेका छन् ।

    नेकपा उम्मेदवार प्रेम आलेले भने आफ्नो नाम जोडेर आरोप लगाइएकोमा खण्डन गर्दै, ‘कसैलाई पैसा दिएको छैन’ बताएका छन् ।

    शाहले फेसबुकमार्फत भने प्रमाणको अभावका कारण नाम सार्वजनिक गर्न असमर्थ रहेको र विभिन्न माध्यमबाट जानकारी संकलन गर्ने प्रयासमा रहेको स्पष्ट पारेका छन् ।

    निर्वाचन परिणामपछि कांग्रेसले पराजयका कारण र सुधारका उपायसहित प्रतिवेदन मागेको थियो, तर उक्त विषय हाल मिडियामार्फत उठेको कांग्रेसले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images