images
images
  • बालेन मन्त्रिपरिषद्‍मा को–को बन्दैछन् मन्त्री ? (नामावलीसहित)

    काठमाडौं– प्रधानमन्त्रीको शपथ नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र मन्त्री र मन्त्रालय बाँडफाँटको छलफल तीव्र बनेको छ ।

    पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच अनौपचारिक रूपमा मन्त्री छनोटबारे संवाद भइरहेको छ ।

    संघीय संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ गराउने तयारी गरेको छ ।

    ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद र गोपनीयताको शपथ लिएपछि सांसदहरूलाई शपथ गराउने छन् ।

    त्यसपछि पार्टीले संसदीय दलको बैठक राखेर दलको नेता चयन गर्नेछ, जसपछिको प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।

    पार्टीले मन्त्रालयको संख्या घटाएर विज्ञतामा आधारित नेतृत्व चयन गर्ने योजना बनाएको छ ।

    चुनावी घोषणापत्रअनुसार संघीय मन्त्रालय १८ मा सीमित गर्ने भनिएको छ, जबकि संवैधानिक रूपमा २५ सदस्यसम्म हुनसक्छ ।

    आन्तरिक छलफल अनुसार १५–१८ मन्त्रालय राख्ने तयारी भइरहेको छ ।

    संभावित मन्त्रीका नाममा गृह मन्त्रालयका लागि डोलप्रसाद अर्याल र सुनिल लम्साल, अर्थ मन्त्रालयमा स्वर्णिम वाग्ले, कानुन मन्त्रालयमा सोबिता गौतम, परराष्ट्र मन्त्रालयमा शिशिर खनालको चर्चा छ ।

    त्यस्तै, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सस्मित पोखरेल, राजुनाथ पाण्डे र सुम्निमा उदास पनि मन्त्री बन्ने सूचीमा छन् ।

    सभामुखका लागि युवा अनुहार खोजी भइरहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images