images
images
  • अवसरको झोला अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीमा आशा र सम्भावनाको बीजारोपण

    काठमाडौं– मुक्तिनाथ विकास बैंकले ‘अवसरको झोला’ अभियानमार्फत आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई विद्यालय झोला र स्टेशनरी वितरण गर्दै शिक्षामा पहुँच विस्तार गर्ने प्रयास गरेको छ।

    साधारण झोला जस्तो देखिए पनि यी बालबालिकाका लागि यो अवसर, आत्मविश्वास र उज्ज्वल भविष्यतर्फको पहिलो पाइला बनेको छ।

    झोला ग्रहण गर्दा देखिएको उनीहरूको खुशीले “अब म पनि सक्छु” भन्ने विश्वास झल्काएको छ।

    अभियानअन्तर्गत बैंकले विद्यालय पोशाक र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गर्दै उनीहरूको मेहनतको सम्मान गरेको छ।

    सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको यस पहलमार्फत हालसम्म सुर्खेत, कालिकोट, धनुषा लगायत जिल्लामा ५०० भन्दा बढी झोला वितरण गरिसकेको बैंकले जनाएको छ।

    School bags School bag 1 scaled school bag 2 school bag 4

    प्रतिक्रिया दिनुहोस्
    images
    images