images
images
  • सुनको मूल्यमा भारी गिरावट, चाँदीको बढ्यो कि घट्यो ? (मूल्यसहित)

    काठमाडौं– सोमबार सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिन सुन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    एक सातामै सुनको भाउ ३४ हजार रुपैयाँले घटेको छ ।

    गत सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको थियो भने माघ १५ गते ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेर उच्च रेकर्ड बनाएको थियो ।

    पश्चिम एसियामा बढ्दो द्वन्द्व, तेलको मूल्यवृद्धि र अमेरिकी डलरको माग बढेसँगै सुनको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    साथै, विश्वव्यापी रूपमा ब्याजदर बढ्ने दबाबले पनि सुन–चाँदीको मूल्यमा असर परेको छ ।

    यस्तै, सोमबार चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images