काठमाडौं– इजरायली सेनाले आइतबार मध्यपूर्व युद्ध सुरु भएदेखि इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये ९२ प्रतिशत क्षेप्यास्त्र आकाशमा नै नस्ट गरिएको इजरायलले जनाएको छ ।
दक्षिणी इजरायलका दुई शहरमा इरानी क्षेप्यास्त्र आक्रमणनबाट कम्तीमा १७५ जना घाइते भएको भोलिपल्ट यो तथ्यांक सार्वजनिक गरिएको हो ।
‘इरानले ४०० भन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिसकेको छ । हामीसँग ठूलो अवरोध दरहरू छन्,’ इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल नदाभ शोशानीले पत्रकारहरूसँग भने ।
‘हामीसँग लगभग ९२ प्रतिशतभन्दा बढी क्षेप्यास्त्रलाई आकाशमा नै निस्क्रिय पारिएको छ,’ उनले थपे ।
शनिबार आक्रमण भएका शहरहरूमध्ये एक डिमोना रहेको छ, जुन इजरायलको अघोषित परमाणु शस्त्रागार भएको विश्वास गरिन्छ ।
उक्त क्षेप्यास्त्रको प्रभाव शहरको आणविक केन्द्रबाट पाँच किलोमिटरको दूरीमा रहेको थियो ।
नजिकैको अर्को शहर अरादका धेरै भवनहरूमा ठूलो क्षति पुगेको छ ।
शनिबार प्रहार गरिएका क्षेप्यास्त्र ब्यालेस्टिक क्षेप्यास्त्रभन्दा फरक नभएको र युद्धका क्रममा अहिलेसम्म यस्ता चारवटा मात्र प्रहार भएको शोशानीले बताए ।
इजरायली सेनाले शनिबार हमला रोक्न नसकेको घटनाबारे अनुसन्धान गर्ने बताएको छ ।
‘हामीले विगतमा धेरै आक्रमणलाई आकाशमा नै विफल बनाएका छौँ र भविष्यमा पनि यो दर कायम रहने छ,’ शोशनीले भने ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबार ‘निकै कठिन साँझ’ भएको स्वीकार गर्दै साइरन बज्दा नागरिकलाई सुरक्षा केन्द्रमा जान आग्रह गरेका छन् ।
आइतवार उनले अरादको भ्रमण गरेका छन् ।
अरादबाट उनले शीर्ष इरानी अधिकारीहरूको खोजी जारी राख्ने प्रतिवद्धता गरे ।
‘हामी इरानको रिभोलुसनरी गाड्र्स, यो आपराधिक गिरोहलाई कारबाही गरिरहेका छौं,’ नेतान्याहूले घटनास्थलमा पत्रकारहरूसँग भने ।
हामी व्यक्तिगत रूपमा उनीहरूको पछि लागेका छौँ, उनीहरूका नेताहरू, उनीहरूको प्रतिष्ठान, आर्थिक सम्पत्ति खोजिरहेका छौँ ।
इरानी आक्रमणमा तेल अभिभको व्यापारिक क्षेत्रमा आइतबार एक व्यक्ति घाइते भएका बताइएको छ ।


विश्व खबर 


















